मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

कर्मचारी युनियनद्वारा रामानुज आश्रममा खाद्यन्न वितरण

कर्मचारी युनियनद्वारा रामानुज आश्रममा खाद्यन्न वितरण


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०८१, मंगलबार

बागलुङ/नेपाल निजामति कर्मचारी युनियनले स्थापना दिवसको अवसरमा मंगलबार बागलुङ नगरपालिका वडा नं. ४ निरयघाटस्थित रामानुज आश्रममा खाद्यन्न वितरण गरेको छ ।
युनियनको नेतृत्वमा नेपाली कांग्रेस बागलुङ नगर कमिटिका सभापति उमाकान्त शर्मा बाबु, प्रदेश कमिटिका सचिव टेक नारायण सुवेदी, सहसचिव आनन्द प्रसाद शर्मा, केन्द्रिय प्रतिनिधि देवप्रकाश घिमिरे सम्मिलित टोलीले आश्रममा खाद्यन्न वितरण गरेको नेपाल निजामति कर्मचारी युनियन बागलुङका अध्यक्ष देव शर्मा आचार्यले जानकारी दिए ।
आश्रमकी पुरुषोतम आमालाई दाल, चामल, आटा, तेल, सुजि, चिनी लगायतका खाद्यान्न र सरसफाइका सामाग्रीहरु सहयोग गरिएको हो । नेपाल निजामती कर्मचारी युनियन जनताको सेवा, पेशागत हक हितसंगै मानविय सेवाका क्षेत्रमा पनि क्रियाशिल रहँदै आएको छ । स्थानपना दिवसकै अवसरमा युनियनले भोलि बुधबार नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रमा रक्तदानको कार्यक्रम आयोजना गरेको केन्द्रिय प्रतिनिधि देवप्रकाश घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->