बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अन्नपूर्ण बालआश्रममा शैक्षिक सामग्री वितरण

अन्नपूर्ण बालआश्रममा शैक्षिक सामग्री वितरण


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०८१, बिहिबार

पोखरा/नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा जिल्ला कार्यसमिति कास्कीले पोखरा–१६ अर्मलामा रहेको अन्नपूर्ण बालआश्रममा बुधबार विभिन्न किसिमका शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।
सो बालआश्रममा ३६ जना बालबालिकाहरु आवासीय रुपमा बस्दै आएका छन् भने विभिन्न विद्यालयहरुमा अध्ययन गर्दै आएका छन् ।
विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बारालले शिक्षालाई उद्यमशीलतातर्फ जोड्नुुपर्ने बताउनुभयो । उहाँले व्यावसायिक, व्यवहारिक र सिपमूलक शिक्षा आवश्यक रहेको बताए ।
कर्मचारी युनियनका पुर्वउपाध्यक्ष एवं कास्की कांग्रेसका नेता सुरेन्द्रराज अधिकारीले कर्मचारीहरुले कामलाई मात्र नभइ सामाजिक उत्तरदायित्व अन्र्तगत यस्ता किसिमका कार्यहरु गर्दै आएको भन्दै प्रशंसा गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै गोरखापत्र दैनिकका गण्डकी प्रदेश ब्यूरो प्रमुख रमेश पौडेलले निजामति कर्मचारी राष्ट्रसेवक रहेको भन्दै जनताको सेवामा कर्मचारीहरु कटिबद्ध हुनुपर्ने बताए । उनले बालबालिकालाई विदेशमा होइन्, स्वदेशमा नै अवसर रहेको उल्लेख गर्दै देशमा नै रहेर सेवा गर्न आग्रह गरे ।
सो आश्रमकी छात्रा आयुषा नेपालीले आश्रममा शिक्षण सिकाइका साथ व्यवहारिक ज्ञान प्राप्त भैरहेको उल्लेख गरिन् ।
युनियनका अध्यक्ष सुरेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कास्की कांग्रेसका नेता लक्ष्मी पाण्डे, सहसचिव नविन सिग्देल, मदन बस्नेत, कर्मचारी युनियनका सल्लाहकार डार्विन लम्साल, उपाध्यक्ष केदार सापकोटा, सचिव सुमन शर्मालगायतका वत्ताले कर्मचारी युनियन र शिक्षण संस्थाका बारेमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->