मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकी प्रदेश सभाको बैठक भदौ २६ मा

गण्डकी प्रदेश सभाको बैठक भदौ २६ मा


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०८१, बिहिबार

पोखरा / चालु आर्थिक वर्षको बजेट पारित भएपछि गत असार १७ देखि स्थगित गण्डकी प्रदेश सभाको बैठक यही भदौ २६ गते बस्ने भएको छ । गत सोमबार नेकपा एमाले सरकारमा सहभागी भएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् बिस्तार गरेपछि प्रदेश सरकारले प्रदेश सभाको बैठक बोलाउने निर्णय गरेको हो । बैठक दिउँसो २ बजे सुरु हुनेछ ।

पार्टीहरु सरकार गठनमा अल्झिदाँ यसको प्रत्यक्ष असर प्रदेश सभामा परेको थियो । प्रदेश सभा कामबिहीन भएका बेला बैठक बोलाइएको हो । प्रदेश सभामा विभिन्न ३ वटा बिधेयकहरु दर्ता भएर छलफलका क्रममा छन ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार प्रदेश सभामा गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको बिधेयक, जीवनाशक विषादि व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, बिस्तार तथा मर्मतसंभार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक दर्ता भइ छलफलका क्रममा छन । साथै एमालेका तर्फबाट विभिन्न विषयका ३ वटा संकल्प प्रस्ताव पनि दर्ता भएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->