मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बान्द्रेखोलामा आएको बाढीले बगाउँदा बागलुङमा २ जनाको मृत्यु, एक बेपत्ता

बान्द्रेखोलामा आएको बाढीले बगाउँदा बागलुङमा २ जनाको मृत्यु, एक बेपत्ता


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८१, शुक्रबार

बागलुङ/बिहिबार राती परेको भीषण वर्षासंगै बागलुङ नगरपालिका वडा नं. ४ कुँडुले हुँदै बग्ने ब्रान्द्रेखोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । बाढीमा परी एकजना हराईरहेका छन् ।
बाढीमा परी बानपा ४ कुँडुलेदेखी मालिकातर्फ जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र घ१प ९९९६ नम्बर को स्कुटरमा सवार बान्द्रे अढाईथर बस्ने २३ वर्षिय अर्जुन सापकोटा र २२ वर्षिय अविशेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी थिए ।
सापकोटा र रेग्मीको शव घटनास्थलबाट झण्डै १ सय मिटर तल फेला परेको यादवले बताए । दुई शव पोष्टमार्टमको लागि धौलागिरि अस्पतालमा ल्याईएको छ । यस्तै, बाढीले बगाउँदा सोही स्थानका २० वर्षिय कमल सापकोटा बेपत्ता छन् । बेपत्ता सापकोटाको खोजीकार्यमा प्रहरी निरीक्षक प्रताप पौडेल नेतृत्वको प्रहरी टोली घटनास्थलमा परिचालित भएको थियो । बान्द्रेखोलामा आएको बाढीले मान्छे बगाएको खबर गरेलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । बाढीले बगाएको स्कुटर सडक छेउमा फेला परेको छ भने मोटरसाइकलको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->