मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

मध्यपहाडी लोकमार्गको ठाउँठाउँमा पहिरो, सयौँ यात्रु अलपत्र

मध्यपहाडी लोकमार्गको ठाउँठाउँमा पहिरो, सयौँ यात्रु अलपत्र


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८१, शुक्रबार

बागलुङ / अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

लोकमार्गको बागलुङको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड र बागलुङ-बुर्तिबाङ खण्डक पूर्णरुपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला-४ का वडाध्यक्ष टीकानिधी पौडेलले बताए ।

लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौंलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन्  भने काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन् ।

पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौंबाट आएका रात्रि बस बुर्तिबाङमै रोकिएका छन् । अहिले पनि निरन्तर वर्षा भइरहेको हुँदा सडक खुलाउन समय लाग्ने वडाध्यक्ष पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->