बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अन्तर विद्यालय तिज नृत्यमा फ्युचर पहिलो

अन्तर विद्यालय तिज नृत्यमा फ्युचर पहिलो


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८१, शुक्रबार

बागलुङ/गुठी युवा क्लबद्वारा आयोजित तेस्रो तीज मेलाको अवसरमा आयोजित अन्तर विद्यालय तिज नृत्य प्रतियोगितामा फ्युचर ब्राइटर आवासिय मावि पहिलो भएको छ । मेलाको पहिलो दिन बिहिबार सम्पन्न प्रतियोगितामा विजेता बनेको फ्युचरले नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा उपविजेता बनेको चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुले १५ हजार र तृतिय स्थान प्राप्त गरेको युनिभर्सल सवलाइन (युएस) एकेडेमीले १० हजार प्राप्त गरेको गुठी युवा क्लबका सचिव सुवास रुचालले जानकारी दिए । नृत्युमा १४ विद्यालयले सहभागिता जनाएका थिए ।
यस्तै, मेलाको दोस्रो दिन सम्पन्न खुल्ला घैंटोफोर प्रतियोगिताको पुरस्कार आयुस थापाले जितेका छन् । थापालाई क्लबका अध्यक्ष उमेशलाल मिजार र संस्थापक अध्यक्ष दिपेन्द्र रुचालले नगद ५ हजारसहित पुरस्कृत गरेका थिए । घैंटोफोरमा ६० जनाले सहभागि थिए । गुठीले मेलामा दु्रत गतिका कारण निम्तने दुर्घटनाको जोखिम कम गर्न स्लो बाइकल रेस प्रतियोगिता समेत आयोजना गरेको छ ।
मेलाको मुख्य दिन आज चर्चित लोकदोहोरी गायिका भुमिका गिरीको प्रस्तती रहने आयोजकले जनाएको छ । साथमा कलाकारहरु कल्पना श्रीस, सज्जन बोहोरा, विवेक थापा, रविन खड्का, सुरेश सुनार र नविश शर्माले सांगीतिक प्रस्तुती दिने छन् । मेलामा मौलिक तिज गीत प्रर्दशन गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->