पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा सहकारी पीडितले कालो झन्डा देखाउँदै नाराबाजी गरेका छन् । लामिछाने मंगलबार मध्यान्ह पार्टीको प्रदेश स्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका हुन् ।
पोखराको बिरौटास्थित ग्यालेक्सी बैंक्वेटमा रवि पार्टीको कार्यक्रमा सहभागी हुन आएका छन् । त्यहीं नै सहकारी पीडितले उनी विरुद्ध नाराबाजी गरेका छन् । पोखराको सूर्य दर्शन सहकारी पीडितको ठूलो संख्या त्यहाँ भेला भएको छ । उनीहरुले सहकारी ठगलाई राजनीतिक संरक्षण गरेको भन्दै सहकारी नाराबाजी गरीरहेका छन् । विभिन्न नारा लेखिएका प्लेकार्डसहित सहकारी पीडितहरु रास्वपाको कार्यक्रमस्थलमा नारावाजी गरीरहेका छन् ।





