मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

अखिल क्रान्तिकारी गण्डकीमा गुरुङ

अखिल क्रान्तिकारी गण्डकीमा गुरुङ


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८१, मंगलबार

पोखरा/ नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको गण्डकी प्रदेश अध्यक्षमा पर्वतका त्रिदिप गुरुङ विजयी भएका छन् । सोमबार साँझ भएको मतदानमा त्रिदिपको पक्षमा १३७ मत प्राप्त भएको थियो । उनका प्रतिद्धन्दी गोरखाका रामकृष्ण भट्टले ७१ मत पाए ।

आइतबार सुरु गण्डकी प्रदेश अधिवेशन सोमबार सकिएकाे थियाे । महिला र समावेशी उपाध्यक्ष र सचिव साथै कोषाध्यक्ष पदमा सर्वसम्मत भए पनि अन्य पदमा भने मतदान गरिएको हो । यसैगरी, उपाध्यक्षमा खुल्लातर्फ बसन्त भट्टचन, सरोज बल्लभ भट्टराई र अशोक मरहट्टा निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा कुलबहादुर बुढा र महिलातर्फ सीता बराल निर्विरोध निर्वाचित भएका हुन् । प्रमुख सचिवमा १३२ मत ल्याएर सुजन बास्तोला विजयी भएका छन् । सचिवमा खुल्लातर्फ प्रदीप ढकाल, विशद उपाध्याय, सन्दीप महतो रहेका छन् भने, समावेशीमा दुर्गा विक र महिलातर्फ जुना गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, कोषाध्यक्षमा अनिल सुनार पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । २०७ जनाले मतदान गरेका थिए भने दुई भोट बदर भएको निर्वाचिन अधिकृत निर्मला ज्वालाले जानकारी दिइन् । प्रदेशको ७५ जनाको कार्यसमिति रहन्छ भने १३ जना पदाधिकारी रहनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->