मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङबाट बेपत्ता दुई किशोरीको चितवनबाट उद्धार

बागलुङबाट बेपत्ता दुई किशोरीको चितवनबाट उद्धार


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८१, बिहिबार

बागलुङ/बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन् । बेपत्ता किशोरीलाई काँकडभिट्टा र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार रेशको नुन्थला माध्यामिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत सन्ध्या किसान र अमृता किसान यही भदौ १३ गते बिहानदेखि बेपत्ता भएका थिए । उनीहरुको खोजी गर्न प्रहरीले नेपालभर फोटोसहितको विवरण पठाएर प्रहरी परिचालन गरेको थियो ।

बेपत्ता अमृतालाई भारततर्फ लैजादै गरेको अवस्थामा झापास्थित आफन्त नेपालले उद्धार गरी प्रहरीमार्फत परिवारको जिम्मा लगाइएको विद्यालयलका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिए । सन्ध्यालाई चितवनको एक होटलबाट प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->