मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कृषिबाट समृद्धि हासील गर्न सकिन्छ: नेता कोइराला

कृषिबाट समृद्धि हासील गर्न सकिन्छ: नेता कोइराला


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८१, बिहिबार

पोखरा / नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शंशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासील गर्न सकिने बताएका छन । वीपी चिन्तन प्रतिष्ठानद्धारा विहीबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेपालमा कृषि क्रान्तिः सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा आफ्नो भनाइ राख्दै कोइरालाले सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने जनाए ।

युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको बताउँदै उनले आफ्नो परिवारको मुख्य पेशा पनि कृषि नै भएको उल्लेख गरे । वीपी कोइराला कृषि पेशाप्रति आकर्षण हुने गरेको भनाइ पनि उनले राखे । नेपालमा थुपै कृषियोग्य भूमि भएकाले त्यसको सदुपयोग गर्दै विदेशबााट आयात गरिने खाद्यान्न तथा तरकारी घटाउँदै जानुपर्ने उनको भनाई छ । कृषिमा आत्मनिर्भर हुनसक्यौ भने नेपालको खरबौ रुपैयाँ नेपालमा नै रहने उनले बताए ।

नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले वीपीको विचारलाई आत्मसाथ गर्दै कृषि क्रान्ति ल्याउन सके नेपालीको भविष्य यसैमा हुने बताए । प्रजातन्त्रमा नेपाली जनतामा मालिक हुने भएकाले उनीहरुकै सेवामा दलका नेताहरु लाग्नुपर्ने  भनाइ उनको छ । कृषिलाई केन्द्रबिन्दुमा राखेर सरकारले अनुदान र कृषिमा आधुनिकीकरण गर्न आवश्यक उनले बताए ।

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारीले ६८ प्रतिशत जनता कृषिमा आवद्ध भएको नेपालमा कृषिलाई बैज्ञानिकीकरण गर्दै मध्यम वर्गका युवालाई त्यसतर्फ आकर्षण गर्न जरुरी हुने वताए । दिगो विकास र अर्थतन्त्र सुधारको लागि सरकारले कृषिलाई नै पहिलो प्राथामिकता दिनुपर्ने बताउँदै रेमिट्यान्सको भर पर्दा देशको अर्थतन्त्र कुनै पनि बेला ढल्न सक्ने उनले दावी गरे ।

माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन कृषिमा ठूलो क्रान्ति ल्याउनुपर्ने बताए । जमिन भएर पनि हामीले कृषि क्षेत्रमा विकास गर्न नसक्नु विडम्बना भएको भन्दै उनले कृषि नीति बलियो भयो भने देशले कृषि क्षेत्रमा काचुली फेर्ने भनाइ राखे ।

कार्यक्रम वीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य ऋषि काफ्लेको अध्यक्षता एवम् नेपाली काँग्रेस कास्कीका सहसचिव शंकर ढुुङ्गानाले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, विपी चिन्तन प्रतिष्ठानका सहअध्यक्ष पुुष्पराज पराजुुली, केन्द्रीय सदस्य नवराज गुुरुङ, पूर्वमन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णुु लामिछाने, डा.लक्ष्मीकान्त पौडेल, गणेशमान फाउन्डेशनका गण्डकी प्रदेश संयोजक दुुर्गा तिमल्सिना, प्रतिष्ठानका बाग्लुुङ अध्यक्ष गोविन्द कंडेल, स्याङ्जा अध्यक्ष जीवलाल काफ्ले लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->