बागलुङ/ गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीमा भएको गाडी दुर्घटनामा गंभीर घाइते भएका चालकको उद्दारपछि धौलागिरि अस्पताल बागलुङमा उपचार भईरहेको छ ।
दुर्घटनामा गंभीर घाइते भएका चालक रुकुम पुर्व भुमी गाउँपालिका वडा नं. ३ का २९ वर्षिय प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिए । घाइते पुनको टाउकोमा गंभीर चोट लागेको छ ।
रा १ झ २०० नम्बरको सरकारी गाडी शुक्रबार बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका २ नरेठाँटीको भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको बताए । ‘गाउँपालिका उपाध्यक्षको मृत्यु भएको पुष्टि भएको छ । अरुको भने सनाखत हुन बाँकी छ,’ उनले भने ।





