पोखरा / नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा पोखरामा भईरहेको मतदानमा ९०२ मत खसेको छ । दिउसो ३.१५ वजेसम्म ९०२ जनाले मतदान गरेको प्रगतिशील इन्जिनियर्स एशोसिएसन गण्डकीका अध्यक्ष विमल आचार्यले बताए । अध्यक्ष आचार्यका अनुसार यो निर्वाचनमा प्रदेशमा १ हजार ५ सय ५१ मतदाता रहेका छन् । एशोसिएसनको ३४औं केन्द्रिय तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचनको मतदान भइरहेको छ ।
प्रदेश कार्यकारिणी समितिको लागि गण्डकीमा दुई प्यानल समुहगत रुपमा निर्वाचनको मैदानमा छन् । चुनावमा प्रगतिशील र लोकतान्त्रिक विचार समुहका इन्जिनियरहरु प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । प्रगतिशील समुह ई.महेन्द्रबहादुर गोदारको नेतृत्वमा चुनावमा छ भने लोकतान्त्रिक समुह ई. सन्तोष जिसीको नेतृत्वमा चुनावी मैदानमा छ ।





