मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

आन्तरिक राजश्व कार्यालय बागलुङले तीन वर्षदेखि भेटाउन सकेन लक्ष्यअनुसार कर संकलन

आन्तरिक राजश्व कार्यालय बागलुङले तीन वर्षदेखि भेटाउन सकेन लक्ष्यअनुसार कर संकलन

१ अर्ब ५ करोड ५१ लाख राजश्व संकलन गर्ने लक्ष बनाएकोमा ९५ करोड ३१ लाख रुपैयाँ मात्रै संकलन


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०८१, सोमबार

बागलुङ/हरेक कार्यालय, संघसंस्थाले लक्ष्य राखेर काम गर्ने चलन छ । लक्ष्य अनुसार कामको प्रगती पनि हुनुपर्छ । तर आन्तरिक राजश्व कार्यालय बागलुङले पछिल्लो तीन वर्षदेखि नै लक्ष्य भेटाउन सकेको छैन । यद्यपी कर संकलन भने उल्लेख्य रुपमा बढेको छ । हरेक वर्ष लक्ष्यको ७९ देखि ८० प्रतिशत मात्रै कर संकलन भएको हो । केही वर्ष अघि शतप्रतिशतभन्दा धेरै कर संकलन भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ म १ अर्ब २० करोड रुपैयाँ कर संकलन गर्ने लक्ष्य राखेपनि असार मसान्तसम्म कार्यालयले लक्ष्य भेट्न सकेन । बरु ७९ प्रतिशत मात्रै अर्थात् तोकिएको अबधिमा कुल ९६ करोड ५५ लाख ७८ हजार रुपैयाँ मात्रै कर संकलन भएको कार्यालयका प्रमुख प्रमोदकुमार श्रीबास्तवले बताए ।
त्यसो त हालै सम्पन्न भएको साउन महिनामा राखिएको लक्ष्य पनि कार्यालयले भेटाउन नसकेको हो । साउन महिनामा आर्थिक कारोवार कम हुने भएकोले संकलन पनि घटेको श्रीवास्तवको भनाइ छ । साउनमा १ करोड ९३ लाख संकलनको लक्ष्य राख्दा ९१ लाख ३५ हजार मात्रै संकलन भएको हो । त्यसो त आव २०७९/८० मा कार्यालयले लक्ष्य भेटाउन सकेको थिएन । १ अर्ब ५ करोड ५१ लाख राजश्व संकलन गर्ने लक्ष बनाएकोमा ९५ करोड ३१ लाख रुपैयाँ मात्रै संकलन गर्न सकेको हो ।
लक्ष्य अनुसार कर असुल हुन नसक्नुलाई आर्थिक क्षेत्रको मन्दी, सहकारीहरुमा आम नागरिकको विश्वास घट्नु र लघुवित्तको कारोवारमा आएको कमीलाई औल्याउने गरिएको छ । बागलुङको हकमा सिवाईसी लघुवित्तको पोखराबाट कारोवार हुँदा यहाँ संकलन हुने लाखौं रकम सरेको हो । त्यस्तै अन्य संस्थाको पनि केही रकम अन्य संस्थामा सरेको उनले बताए । ‘सहकारीको कारोवार घट्दा कर संकलन पनि घटेको छ’ श्रीवास्तबले भने, ‘जति करोबार भयो त्यतिनै आयकर पनि बढ्ने हो, यतिबेला कारोवार घटेको छ ।’ उनले आन्तरिक राजश्व कार्यालय बागलुङको कार्यक्षेत्रमा ठूला करदाता नहुँदा आयकरको भरमा लक्ष्य भेटाउन नसकेको बताए ।
गत आर्थिक वर्ष कार्यालयले ६० करोड ६९ लाख आयकर संकलन गर्ने लक्ष्य राखेकोमा ५१ करोड ४९ लाख संकलन भएको हो । त्यस्तै भ्याटतर्फ ३३ करोड ४७ लाख संकलन गर्ने लक्ष्यमा २७ करोड ५० लाख मात्रै संकलन भएको हो । अन्तशुल्कतर्फ ५ करोड ४ लाख संकलन गर्ने लक्ष्यमा पनि कार्यालय सफल भएन । उक्त अबधिमा ४ करोड २० लाख मात्रै संकलन भएको हो । कार्यालयको तथ्यांक अनुसार २० हजार ७ सय ८१ व्यवसयिक पाना नम्बरबाट सबैभन्दा बढी कर संकलन भएको हो । व्यक्तिगततर्फ ४५ हजार ९४३ जनाले पाना नं. लिएका छन् ।
अझैपनि सामुदायिक वन उपभोक्ता समिति, अन्य निर्माण क्षेत्रका उपभोक्ता समिति र कतिपय व्यवसाय नै दर्ता नभएकोले कर संकलन हुन नसकेको हो । त्यस बाहेक असार मसान्त सम्ममा पनि कैयौं विकास निर्माण पनि सम्पन्न नभएकोले कर संकलनमा ढीलाई भएको हो । ‘पछिल्लो समय सिंगो देशभर आर्थिक संकट उब्जेकोले रोजगारी र आम्दानी कम हुँदा करमा पनि असर परेको छ’ उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कंडेलले भने, ‘राज्यले व्यवसाय प्रवद्र्धनमा भूमिका खेलेमा लक्ष्य अनुसारको कर संकलनमा पनि सहयोग पुग्छ ।’ हरेक वर्ष लक्ष्य बढाएपनि करका दायरा नबढ्दा संकलनमा लक्ष्य भेट्न नसकिएको सरोकारवालाको बुझाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->