मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

सहेँला फाँटमा पहेँलपुर कागती, किसान दंग !

सहेँला फाँटमा पहेँलपुर कागती, किसान दंग !

हरेक वर्ष ४ करोडको कागती उत्पादन गर्ने लक्ष्यका साथ व्यवसायीक खेती थालेका किसानले आगामी वर्ष लगानी उठाएर मुनाफा कमाउने अध्यक्ष केशव सुवेदी बताउँछन् ।


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०८१, बिहिबार

बागलुङ/जिल्लाको बलेवाका किसानको चार वर्ष अघिदेखीको सपना पुरा भएको छ । पहेँलपुर धान फल्ने खेतलाई बाँझै रहनबाट जोगाउन कागतीको व्यवसायीक खेती थालेका किसानले फल लिन थालेका हुन् । पहिलो वर्ष लगाईएका बोटहरुमा लटरम्म कागती फल्न थालेपछि किसानलाई बिक्रि वितरणका लागि भ्याईनभ्याई छ ।
किसानको साझा थलो चासो कृषक समुहका सदस्य र कर्मचारीलाई कागती टिप्न भ्याईनभ्याई छ । बिरुवाको गोडमेल, सिंचाईं र मलका लागि व्यस्त हुने किसान कागती टिप्न भ्याएका छैनन् । समुहकै सदस्य कागती बजार पु¥याउन व्यस्त छन् । ‘दिन दुई गुना र रात चौगुना’ गर्दै हुर्किरहेका बिरुवाले फल दिन थालेपछि किसान खुसीले दंग छन् ।
बागलुङ नगरपालिका–१२ अमलाचौरको सहेँला फाँटमा जग्गा रहेका बागलुङ नगरपालिका–१४ अर्माहका ४३ जना किसानले सामूहिक कागती खेती गरेका हुन् । चासो कृषक समुहमा आबद्ध उनीहरुले मेहनतबाट समृद्धिको सपना देखेका छन् । ‘गतवर्ष थोरै मात्र फल्यो, यो वर्ष कम्तिमा चार लाखको कागती बिक्रि हुन्छ’ समुहका अध्यक्ष केशव प्रसाद सुवेदीले भने ‘बजारको समस्या छैन्, गतवर्ष स्थानीय बजारमै बिक्रि भयो, यो बर्ष पोखरासम्म पुग्छ ।’
युवाहरुको विदेश मोहले बाँझो खेतलाई कम मेहनत र थोरै लगानीमा हराभरा बनाउन किसानले सामूहिक प्रयास थालेका थिए । कागती खेतीका लागि समय कम र थोरै जनशक्तिले धेरै काम गर्नसक्ने भएकाले विकल्पको रुपमा लिईएको थियो । अब यहाँका किसानको मुख्य आम्दानीको स्रोतनै कागती बन्ने स्थानीय किसान महेन्द्र सुवेदी बताउँछन् ।
सयौं मुरी धान हरेक वर्ष फल्ने खेतमा किसान कागतीबाट कृषिमा प्रगति खोजीरहेका छन् । २० लाख लगानीबाट सुरु भएको कागतीको व्यवसायीक खेतीमा एक करोड रुपैयाँ लगानी भैसकेको छ । ३ सय रोपनीभन्दा धेरै जमिनमा ४ हजार बिरुवा हुर्किरहेका छन् । चार वर्ष समय खर्चेर लगाईएका बिरुवामध्ये एक तिहाईले फल दिन थालेको सुवेदीले बताए ।
हरेक वर्ष ४ करोड रुपैयाँको कागती उत्पादन गर्ने लक्षका साथ व्यवसायीक खेती थालेका किसानहरुले आगामी वर्ष लगानी उठाएर मुनाफा कमाउने सुवेदीले बताए । समुहमा आबद्ध रहेका किसानलाई प्रतिरोपनी ५ हजारका दरले समुहले वार्षिक भाडा दिने गर्छ । कागती फार्म सञ्चालनमा रहेको जग्गाधनीहरुलाई नै समुहको सदस्य बनाईएको छ । समुहमा सबै सदस्यहरुले समान लगानी गरेका छन् । बलेवाको कागती स्थानीय बजारमा दुई सय रुपैयाँसम्म प्रतिकिलो र पोखरा बजारमा २५० रुपैयाँ प्रतिकिलोस म्ममा बिक्रि हुने गर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->