मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

संविधान दिवसमा सहिद तथा घाईते परिवारलाई सम्मान

संविधान दिवसमा सहिद तथा घाईते परिवारलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०८१, बिहिबार

बागलुङ/संविधान दिवस बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ ।
जिल्ला समन्वय समितिको अगुवाईमा बुधबारदेखी दिवस मनाउन शुरु गरेका बागलुङका सरोकारवालाले बागलुङ नगरपालिका वडा नं. १ बाँङ्गेचौरस्थित शहिद स्मृति पार्कमा सहिदका शालिकमा माल्र्यापण तथा सहिद र घाईते परिवारलाई सम्मान गरिएको हो ।
सो अवसरमा गणतन्त्र र संविधान जारी भए पश्चात हालसम्म बागलुङमा भएका उपलव्धी समेटिएको ‘उपलब्धीका पाईला’ नामक स्मारिका विमोचन गरिएको थियो । संविधान सभाका सदस्यत्रय चम्फादेवी खड्का, प्रकाश शर्मा पौडेल र नरबहादुर थापाले संयुक्त रुपमा गरेका थिए ।
स्मारिका विमोचनपछि बोल्दै खड्का, पौडेल र थापाले संविधानको मुल मर्मअनुसार जनतालाई अधिकार सम्पन्न गराउनतर्फ सबै लाग्नुपर्नेमा जोड दिए । गणतन्त्र, राष्ट्रियता, समावेसी, समानुपातिक निर्वाचन प्रणालीलगायत पिछडिएको वर्ग र क्षेत्रको मर्म समेटिएको संविधान कार्यान्वयनका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए ।
त्यसैगरी पुर्व सांसद बलावती शर्माले जनताको बलिदान र त्यागबाट आएको संविधानको रक्षाको लागि सबै राजनीतिक शक्ति इमान्दार बन्नुपर्ने बताइन् ।
कार्यक्रममा २५ जना जनयुद्ध तथा जनआन्दोलनका घाईते तथा सहिद परिवारलाई बागलुङ नगरपालिले सम्मान गरेको थियो । नगर उपप्रमुख राजु खड्का, जिल्ला समन्वय प्रमुख अमर थापा लगायतले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख अमरबहादुर थापाको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको स्वागत र जिल्ला समन्वय समितिका सुचना अधिकारी दुर्गा प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।
मुल समारोह पुर्व विभिन्न सरोकारवाला, विद्यार्थी शिक्षक, धार्मिक संघसंस्था, राजनीतिक दल, कर्मचारीको टोलीले बजार परिक्रममा गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->