मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

चट्याङ लागेर बागलुङको निसीखोलामा एक जनाको मृत्यु

चट्याङ लागेर बागलुङको निसीखोलामा एक जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०८१, शनिबार

बागलुङ/चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु भएको छ ।
घरभित्रै बसिरहेको अवस्थामा चट्याङ लागेर निसीखोला गाउँपालिका वडा नं. ३ किटनी बस्ने सुजन बुढाको २४ वर्षिय श्रीमती रजना बुढाको ज्यान गएको इलाका प्रहरी कार्यालय झिँवाखोलाले जनाएको छ ।
इप्रका झिँवाखोलाका प्रहरी वरिष्ठ हबल्दार केशब बुढाथोकी नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । चट्याङबाट घरको बिजुलीको मिटर बक्स जलेको र घरमै रहेका २ वर्षिय छोरी र सासु सकुशल रहेको बुढाथोकीले जानकारी दिए ।
घटनास्थल इलाका प्रहरी कार्यालय झिँवाखोलाबाट १२ किलोमिटर दक्षिणमा पर्छ । चट्याङबाट भएको क्षतिबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->