मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङ बहुउदेश्यीय सहकारीका प्रबन्धक पन्तलाई काम नगर्न नगरपालिकाको निर्देशन

बागलुङ बहुउदेश्यीय सहकारीका प्रबन्धक पन्तलाई काम नगर्न नगरपालिकाको निर्देशन


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०८१, बुधबार

बागलुङ/बागलुङ बजारको पुरानो सहकारी बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक दिनेश पन्तलाई बागलुङ नगरपालिकाले काम नगर्न निर्देशन दिएको छ । सहकारीमा प्रबन्धक र अध्यक्षका बीचमा असमझदारी बढ्दै जाँदा पन्तलाई अध्यक्ष अशोक गोविन्द राजभण्डारीले गत असोज १ गते बर्खास्त गरेका थिए ।
नियम विपरीत कार्यालय समयभन्दा बाहिर आँफुलाई पदमुक्त गरेको पत्र थमाईएको भन्दै कार्यालयमा उपस्थित भैरहेका पन्तलाई नगरपालिकाको सहकारी शाखाले कामकाज नगर्न निर्देशन दिएको हो । नगरप्रमुखको ठाडो तोक आदेशमा आँफुलाई अन्यायपूर्ण तरिकाबाट काममा नजान पत्राचार गरेको पन्तले बताए ।
सहकारीका अध्यक्ष आशोक गोविन्द राजभण्डारीकै अध्यक्षतामा बसेको बैठकले एक वर्ष पहिले पन्तलाई प्रबन्धकमा नियुक्ती गरेका थिए । पहिलो पटक ६ महिनाका लागि म्याद थपेको समितिले दोस्रो पटकको म्याद थप गर्ने निर्णय गरेको भएपनि अध्यक्षले पुरक निर्णय गरेर आँफुलाई हटाएको पन्तको गुनासो छ ।
‘सहकारीका बेथितीको विषयमा बोल्न थालेँ, नियम विपरितका काम गर्न मानिन्, त्यसैले मलाई हटाईयो’ पन्तले भने, ‘कार्यालय समयमा आएर गल्हत्याउने र कार्यालय समयपछि पत्र थमाउने जस्ता अवैधानिक तरिका अपनाईएको छ, म यसलाई मान्न तयार छैन् ।’
सहकारीले भने कर्मचारीको म्याद थप्ने नथप्ने अधिकार समितिको भएको भन्दै प्रबन्धक पन्तको म्याद नथपेको बताउँदै आएको छ । प्रबन्धक र अध्यक्ष बीचको विवाद चुलिदै गएपछि अध्यक्ष राजभण्डारीले नगरको सहकारी शाखालाई पत्राचार गरेका थिए । नगरले सहकारीमा देखिएको विवादका विषयमा थप अनुसन्धान हुने भन्दै विवादको टुंगो नलाग्ने बेलासम्म काममा नजान निर्देशन दिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->