बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पूर्वडिआइजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति

पूर्वडिआइजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०८१, शुक्रबार

पोखरा/  सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ गरिएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न कास्की जिल्ला अदालतले शुक्रबार अनुमति दिएको छ । जोशीलाई असोज ६ मा काठमाडौंको शंखमुलमा पक्राउ गरी सोही राती पोखरा ल्याइएको थियो ।

असोज ७ अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति अदालतले दिएको थियो । प्रहरीले अझै १० दिन म्याद थपका लागि जिल्ला अदालत कास्कीमा माग गरेकोमा अदालतले ७ दिन म्याद थप गरेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरी हिरासतमा राखेर जोशीसँग लिइएको बयानमा गितेन्द्रबाबु (जीबी) राइको नेतृत्वमा पोखरामा खुलेको सूर्दर्शन सहकारीमा आफ्नो खाता, हस्ताक्षर नभएको र आफूले त्यो सहकारी देख्दा पनि नदेखेको बयान दिएका छन् । तर, जोशीले गोर्खा मिडियामा आफू गलत मान्छेको फन्दामा परेको वयान दिएका छन् । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिले समेत कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रतिवेदन कार्यान्वयनका क्रममा जोशीलाई पक्राउ गरेको हो । गोर्खा मिडियाका सञ्चालक तथा सूर्यदर्शन सहकारीका कोषाध्यक्ष पुर्पक्षका लागि कास्की कारागारमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->