बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

विश्व पर्यटन दिवसका अवसरमा पर्यटक यातायातको र्याली

विश्व पर्यटन दिवसका अवसरमा पर्यटक यातायातको र्याली


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०८१, शुक्रबार

पोखरा/ विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको आयोजनामा शुक्रबार पोखराको लेकसाइडदेखि पोखरा अन्तराष्ट्रिय विमानस्थलसम्म ¥याली गरिएको छ ।

उक्त अवसरमा पर्यटकलाई यातायात सेवा प्रदान गरिरहेको ६० वटा सवारी साधन सहितको ¥याली प्रदर्शन गरिएको एनटिभिए गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । उनका अनुसार पोखरामा हाल ४५० भन्दा बढी स्तरीय पर्यटक सवारी साधनले सेवा प्रवाह गरिरहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटक सवारी साधनका माध्यमबाट पर्यटन क्षेत्रमा राम्रो योगदान पुगिरहेको बताउँदै यसको पहिचानलाई गुम्न दिन नहुने बताए ।

एनटिभिए गण्डकीका कार्यबाहक अध्यक्ष रविप्रसाद आचार्यले इम्बोष्ड नम्बरका नाममा पर्यटक सवारी साधनको् पहिचान हराउन नदिने कुरामा सबैको साथ र सहयोग आवश्यक हुने धारणा राखे । आचार्यको अध्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव विकास कंडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->