चितवन / लगातारको वर्षाको कारण नारायणढ नारायणगढ-मुग्लिन सडक खण्डको सडक पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोको जोखिमको कारण हिजो बेलुका ७ बजेदेखि आज बिहान ५ बजे सडक बन्द भएपनि २९ किलोमिटर सडकबीचमा ९ ठाउँमा पहिरो गई सडक समेत भास्सिएकोले बाटो खुल्न सकेको छैन ।
चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार सडकको नौ किलोमा सडक तल भास्सिएको छ भने कालिखोला, घोप्टेभीर लगायतका ठाउँठाउँमा पहरो गएको छ । सडक विभाग र प्रहरी मिलेर सडक पन्छाउने काम भइरहे पनि तत्कालै सडक खुलाउन सकिने अवस्था नभएको उनले बताए ।






