बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाढी पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

बाढी पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८१, शनिबार

काठमाडौं / अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पाँचथरमा दुई, धनकुटामा दुईजनाको मृत्यु भएको छ । झापामा बाढीले बगाएर एजनाको मृत्यु भएको छ ।

काभ्रेमा पहिरोमा परेर तीन र ललितपुरमा एकजनाको मृत्यु भएको छ । काठमाडौंमा बाढी र पहिरोमा परेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार १० जना बेपत्ता भएका छन् । ७६० जना सकुशल उद्दार गरिएको छ । १६२ घरमा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->