बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

विपदमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

विपदमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८१, शनिबार

काठमाडौं/सरकारले लगातारको वर्षापछि बाढीपहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले प्रकोपमा ज्यान गुमाएका सबै नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ज्यान गुमाएका नागरिकका आफन्तलाई दिनुपर्ने क्षतिपूर्तिको प्रबन्ध गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले घाइतेहरूको निःशुल्क उपचार गर्ने र अवरुद्ध सडकहरू अविलम्ब खोल्नका लागि यातायात मन्त्रालयले पहल गर्ने निर्णय भएको पनि बताए । सरकारका प्रवक्ता गुरुङले लगातारको वर्षाका कारण सिर्जना भएको समस्याका कारण विभिन्न संकायका परीक्षाहरू स्थगित निर्णय गरेको पनि जानकारी दिए ।

उनले बाढीपहिरोले अवरुद्ध टेलिफोन, बिजुली, खानेपानीलगायत सुचारूका लागि सम्बन्धित मन्त्रालयलाई आ–आफ्नो ठाउँबाट समन्वयात्मक ढंगले समस्या समाधानका लागि पहल गर्ने पनि निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->