धादिङ / काठमाडौंको नागढुंगादेखि मुनि धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएका दुईवटा माइक्रो बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा र नम्बर नखुलेको माईक्रो बसबाट ९ जनाको शव निकालिएको हो। प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले दुई यात्रुवाहक सवारी साधनबाट १४ जनाको शव निकालिएको जानकारी दिए। घटनास्थलमा उद्धार कार्य जारी रहेको छ।





