बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

देशभरका विद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न निर्देशन

देशभरका विद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न निर्देशन


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८१, शनिबार
फाईल तस्विर

काठमाडौं / सरकारले देशभरिका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ। अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित पारेको भन्दै शिक्षा मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले देशभरिका विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेका कारण शैक्षिक संस्था बन्द गर्नुपरेको बताए। उनका अनुसार विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गरिएको हो।

‘यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जानकारी मन्त्रालयमा प्राप्त भइरहेको छ। विपद्को यस दुःखद घडीमा तीनै तहका सरकार, गैरसरकारी क्षेत्र तथा आम नागरिक सबैले संयमता अपनाई समन्वयात्मक रूपमा विपद् व्यवस्थापनमा जुट्न  कार्यवाहक प्रधानमन्त्रीज्यूको अध्यक्षतामा आज बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले विपद् व्यवस्थापनका लागि सरकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र अन्य सबैले सक्रिय भई लाग्न अनुरोध गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->