बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुख्य सचिव अर्याललाई मावली गाउँमा सम्मान

मुख्य सचिव अर्याललाई मावली गाउँमा सम्मान

कर्मचारीतन्त्र आलोचित छ – मुख्य सचिव अर्याल


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८१, आइतबार

पोखरा/नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले कर्मचारीतन्त्र आलोचित रहेको स्वीकारेका छन् । आफूले पढेलेखेको मावली गाउँ आँधीखोला गाउँपालिकाले आयोजना गरेको सम्मान तथा बधाइ ज्ञापन कार्यक्रममा शनिबार मुख्यसचिव अर्यालले आलोचनालाई कम गर्न सक्दो प्रयास गर्ने पनि बताए ।
विगतको जस्तो पुरानो कार्यशैलीले कार्य सम्पादन हुन नसक्ने बताउदै अर्यालले सेवग्राही कुरेर नबस्ने र प्रविधिमार्फत् कर्तव्यनिष्ठ तकिारले काम गर्नुपर्ने बताए । मावली गाउँमा पाएको आशिर्वादलाई खेर जान नदिने बताउँदै अर्यालले ७७ जिल्ला नै हेर्नुपर्ने र आफू खेलेको माटो आँधीखोला तथा अध्ययन गरेका दुई विद्यालयलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता पनि जनाए ।
जीर्ण स्कूल र धूलोमा बसेर अध्ययन गरेको स्मरण गर्दै सो स्कूल पढ्दा यो स्थानमा पुग्ने नसोचे पनि गुरुहरुकै कारण कर्मचारीहरुको उच्च ओहोदामा पुगेको उनले बताए । असम्भव केही नरहेको तथा मिहिनेत र लगनशिलता नै सफलताको आधार भएको उनको भनाइ थियो।
‘कृष्णबन्धु ( पौडेल) सर पुल तरेको थाहा पाएपछि हामी पढ्न बस्थ्यौँ,’ मुख्यसचिवले भने,‘उहाँहरुजस्ता गुरुहरुले नै मलाई अहिलेको ठाउँमा पु¥याउनुभएको हो ।’
गण्डकी प्रदेश सार्वजनिक लेखा समिति सभापति सुधीरकुमार पौडेलले मुख्यसचिव अर्यालसँ सुशासन र सेवामा अब्बल कर्मचारीतन्त्र बनाउन आग्रह गरे । उनले सिद्धार्थ राजमार्गलाई चार लेन र पालिकाका केही सडक तथा पर्यटनको विकासमा मुख्यसचिवबाट सहयोगको अपेक्षा पनि राखे ।
शिक्षक कृष्णबन्धु पौडेलले मुख्यसचिव अर्याल सानैबाट मिजासिलो र बहुप्रतिभाशाली रहेको बताए । आफ्नो विद्यार्थी ठूलो बनोस् भन्ने चाहना स्वभाविक भएको बताउँदै उनले अर्याललाई कर्तव्यनिष्ठ भएर काम गर्न सुझाए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वराज पौडेल, उपाध्यक्ष सीता थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, शिक्षक एकनारायण पौडेल, मुख्यसचिवकी पत्नी मायादेवी अर्याललगायतले मन्तव्य राखेका थिए ।
मुख्यसचिव भएपश्चात पाहिलोपटक जन्म जिल्ला र मावली पालिका आएका अर्याललाई पालिकाले सम्मानसमेत ग¥यो । पालिकामा सम्मान तथा स्वागत गरिए पनि मुख्यसचिव अर्याल सानोमा बसेर पठेको विद्यालय र मावली भने गएनन् ।
मुख्यसचिव अर्यालले पुतलीबजार नगरपालिका–१० जन्मभूमि भए पनि सानोमा मावली आँधीखोला–३ काउरेमा बसेर राष्ट्रिय माविमा अध्ययन गरेका थिए । २०४१ सालमा जनप्रदीप माध्यमिक विद्यालयबाट उनले एसएलसी उत्तीर्ण गरेका थिए ।
२०४६ सालमा निजामती सेवामा प्रवेश गरेका अर्याल २०८१ भाद्र १३ गते मुख्यसचिव बनेका हुन् । अर्याल जिल्लाको विकास निर्माणलगायतका छलफल गर्ने उदेश्यसहित दुई दिनको कार्यतालिका बनाएर स्याङ्जा आएका हुन् ।
यस्तै, पालिकासँगै उनले अध्ययन गरेको विद्यालय राष्ट्रिय प्रावि, जनप्रदीप माध्यमिक विद्यालयलेसमेत अर्याललाई सम्मान गरेको थियो । मुख्यसचिव अर्यालले आफ्ना गुरुहरुलाई माला लगाएर सम्मान व्यक्त गरेका थिए । कार्यक्रमको संचालन पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->