बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भूपू खेलाडी मञ्चको अध्यक्षमा गुरुङ

भूपू खेलाडी मञ्चको अध्यक्षमा गुरुङ


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८१, आइतबार

पोखरा/नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिलबहादुर गुरुङ र महासचिबमा केशव पाठक सर्वसम्मत निर्वाचित भएका छन् ।
मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले उनीहरुसहित आगामी तीन वर्षका लागि २५ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा खेमबहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिवमा महेश पौडेल, कोषाध्यक्षमा हरिबहादुर बरुवाल र सह–कोषाध्यक्षमा रमेशकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए ।
कार्यसमिति सदस्यमा दीनेशकुमार श्रेष्ठ, बुद्ध गुभाजु, विश्व तण्डुकार, ओमबहादुर गुरुङ, भरतकुमार आले, यामबहादुर गुरुङ, इन्द्रा मल्ल, रामबहादुर क्षेत्री, शान्ती थापा बैद्य, अनिल सिँह, पुरन कुँवर, श्रीकृष्ण अधिकारी, शम्भु केसी, बाला कुमारी गुरुङ, श्यामबहादुर श्रेष्ठ, अमृत बराल र रुपक गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->