मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

दिल्लीमा पक्राउ परेका देवकुमार र ओमबहादुरलाई काठमाडौंबाट बागलुङ पठाइयो

दिल्लीमा पक्राउ परेका देवकुमार र ओमबहादुरलाई काठमाडौंबाट बागलुङ पठाइयो


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८१, आइतबार

काठमाडौं / भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका ५१ वर्षीय नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो ।
उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको छ । पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए ।
उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए । इमेज सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए । नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो भने १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->