मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

अदालतमा इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली : बयान सकियो, मंगलबार थुनछेक बहस हुने

अदालतमा इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली : बयान सकियो, मंगलबार थुनछेक बहस हुने


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०८१, सोमबार

बागलुङ/मुद्दा परेको डेढ वर्षपछि इमेज बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष देवकुमार नेपाली सोमबार जिल्ला अदालत बागलुङमा बयानमा उपस्थित भएका छन् । सोमबार दिनभर उनको जिल्ला अदालत बागलुङमा बयान लिइएको थियो ।
बयान सकिएकोले मंगलबार उनको थुनछेक बहस हुने भएको छ । सोमबार बिहान ठिक ११ बजे प्रहरीको गाडीमा जिल्ला अदालतमा पु¥याइएका नेपालीलाई प्रहरीको सुरक्षाघेरामै इजलास पु¥याइएको थियो । मुद्दा लागेको डेढ वर्षपछि उनी अदालत पुगेका हुन् । सोमबार बयानका लागि लगिंदा सहकारी पीडित संघर्ष समितिका अगुवा समेत अदालत परिसर पुगेका थिए ।
२०८० को बैसाखमा तरलता अभाव देखाएर सहकारी बन्द गरेपछि जेठ ४ गतेदेखि नेपाली फरार थिए । प्रहरीले भारतको दिल्लीबाट पक्राउ गरेर ल्याएपछि सोमबार अदालतमा ल्याइएको हो । ‘सोमबार बयान सकिएकोले मंगलबार थुनछेक हुनेछ’ शाखा अधिकृत ऋषिराम रिजालले भने, ‘जाहेरवाला धेरै जना र धेरै मुद्दा समेत भएकोले बयान लामो भएको हो ।’ आइतबार बेलुकी बागलुङ आएका नेपालीलाई प्रहरीले आफ्नै हिरासतमा राखेको छ ।
नेपालीविरुद्द १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालतमा १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो । नेपाली ढोरपाटन नगरपालिकाको प्रमुख समेत हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->