पोखरा/पोखरा महानगरपालिका १४ चाउथे विजयपुर खोलाको ओरालोमा नवजात शिशुु मृत फेला परेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट १२ गते डिस्चार्ज भइ गएको शिशुुको शव फेला परेको हो ।
नुुवाकोट बेलकोटका गोविन्द लामिछाने र सुुभद्रा लामिछाने नाम भएका व्यक्तिले आफ्नो शिशुुलाई फालेर फरर भएका हुन् । तर, उनीहरुको सो नामसमेत सक्कली नभएको हुन सक्ने प्रहरीको अनुुमान छ । अस्पतालमा झुुटो विवरण पेश भएको र नाम फरक पारेको भेटिएको हो । एक प्रहरीका अनुसार अस्पतालको नाम झुुटो रहेको र अस्पतालका विवरणमा अन्य नाम लेखाए पनि जन्मदर्तामा अर्को रहेको बताए । घटनामा हाडनाताको सम्बन्धसमेत हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले घटनाको छानविन गरिरहेको छ । जेब्रे झोलाभित्र मृत अवस्थामा साहुुसँग औषधि र तरकारी खाने पैसा माग्न आएका ब्लक उद्योगमा काम गर्ने ओमबहादुर दर्जीले झोला देखेपछि खाडलमा पुुगी हेरेका थिए । सोही क्रममा भित्र शिशु देखिएको उनले सुनाए ।
‘नयाँ झोला थियो अलिकति चेन खुुल्ला थियो । पुरै चेन खोल्न परेको पनि थिएन । भित्र नयाँ जस्तो ब्ल्याङ्केट थियो, प्लाष्टिकको बाटापनि थियो अनि भित्र छाम्दा गिलोगिलो भयो । यसो हेरेको त बच्चा पो रहेछ,’ उनले भने, ‘अस्पतालका कागजपत्र पनि त्यहीँ थिए । त्यो नालाको लागि खनिएको खाल्डो हो । अनि भाइ आयो । मैले बच्चा जस्तो छ भाइ योभित्र भनेपछि उसले पनि हे¥यो र माथि ल्याएर राखिदियो ।’ झोला पनि निकै सफा थियो । त्यो हेर्दा बिहानको समयमा ल्याएर राखेको हो कि भन्ने देखिन्छ तर ठ्याक्कै भन्न सकिने स्थिति थिएन ।’
ओमबहादुर पछि त्यहाँ पुुगेका नरेन्द्र बुुढाथोकीले शिशुलाई आइतबार नै ल्याएर फालिएको हुन सक्ने बताए । खाल्डोबाट निकालेर उनले डिलमा निकालेर राखेका थिए । आफूले शिशुुको अगाडीको भाग नदेखेको सुुनाउँदै उनले खाल्डोबाट माथि ल्याएर राखिदिएको सुनाए ।
‘जन्मिएको धेरै भएको जस्तो देखिँदैन । मैले पूरै शरीर देखिन । खोलेर पनि हेरिएन र सर (बसन्तराज आचार्य) लाई प्रहरीलाई खबर गर्न भनेँ । बाबु थियो । मरिसकेको थियो । प्रहरी आएपछि हेर्दा बच्चा निकै राम्रो थियो,’ ओमले भने, ‘बेलुका पखमात्रै देखेका हौं । कतिखेर ल्याएर राख्यो अन्दाजमा भन्न सकिएन । जेब्रामा हिलो पनि लागेको छैन । त्यो हेर्दा विहान राखेको हुन सक्छ । त्यतिखेरै किनेर ल्याएको जस्तो देखिन्छ ।’
बसन्तराज आचार्यले खाल्डोबाट माथि निकालेर झोला राखेपछि आफूलाई खबर गर्दा प्रहरीको सय नम्बरमा फोन गर्दा लाग्दै नलागेको सुनाए । उनले पटकपटक प्रहरीलाई फोन गर्दा समेत नलागेपछि नजिकैको छिमेकी एक जनासँग गस्तीमा हिँड्ने प्रहरी टोलीको नम्बर मागेर फोन गरेर बोलाएको सुनाए ।
‘प्रहरीको १०० नम्बरमा फोन कति हानेँ –हाने । लाग्दै लागेन पछि यहाँको भाइसँग गस्ती हिड्ने प्रहरीको नम्बर रहेछ मागेर फोन गरेँ । यो उनीहरुको पनि इलाका नपर्ने रहेछ । पछि उनीहरुले नै रामबजारको टोलीलाई बोलाए,’ आचार्यले भने ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरतबहादुर खत्रीले अस्पतालले दिने जन्मदर्ताको सर्टिफिकेटसमेत लिई डिस्चार्ज भएर गएको जानकारी दिए । असोज ११ गते भर्ना भएको र १२ गते डिस्चार्ज भएर गएको उनले पुष्टि गरे ।
‘बच्चा डिस्चार्ज भएर गएको वर्थ सर्टिफिकेट लिएर गएको रहेछ । बच्चा सकुशल भएकै कारण डिस्चार्ज हुने हो । बिरामी भएको भए उपाचार हुन्थ्यो,’ उनले भने ।
‘यहाँ आउँदा कतिले आफ्नो नामै फेर्छन । कतिले गाउँ, हामीले शंका लाग्यो भने मात्र चेक गर्छाँै नत्र त आमाले बच्चा जन्माउन आयो भनेपछि हाम्रो काम त उपचार गर्ने नै हो । त्योभन्दा अन्य सोधखोज गर्ने पाटो हाम्रो होइन,’ उनले भने, ‘हामीले थाहा पाए प्रहरी वा यहाँ रहेको ओसिएमसीलाई खबर गर्ने हो यी कुरा हाम्रो अधिकार भित्र पर्दैन ।’ एक वृद्धलेसमेत बिहानपख झोला देखेको भनेपछि प्रहरीले पनि सोही अनुसार अनुसन्धान गरिरहेको छ ।





