मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पुर्पक्षका लागि देवकुमार थुनामा, ओमबहादुर रिहा

पुर्पक्षका लागि देवकुमार थुनामा, ओमबहादुर रिहा


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८१, मंगलबार

बागलुङ/ सहकारी ठगीको आरोपमा जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

थुनछेक बहस सकिएपछि मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारको इजलासले थुनामा राख्न आदेश दिएको हो । सहकारीको वित्तिय अबस्था समेतलाई मध्यनजर गरी नेपालीलाई थुनामा राख्न आदेश दिईएको हो । उनीसँगै पक्राउ परेका ओमबहादुर दर्जीलाई भने एक लाख ५० हजार धरौतीमा छोड्न आदेश दिएको छ ।

सहकारी पीडितहरुको निवेदनका आधारमा सरकारी वकिलको कार्यालयले नेपालीलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको आरोपमा मुद्धा दर्ता गरेको थियो ।नेपालीका बिरुद्धमा जिल्ला अदालत कास्कीमा समेत मुद्धा रहेकाले थुनछेक बहसका लागि पोखरा लैजाने तयारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->