पोखरा/पोखराका युवा नेता अर्जुन अधिकारीले भेटी बापत संकलन भएको रकम आफु अध्ययन गरेको विद्यालय र मन्दिरलाई सहयोग गरेका छन् ।
नेता अधिकारीका आमा पोखरा १९, घार्मी निवासी दुर्गादेवी अधिकारीको १३ औं दिनको पुण्यतिथीका अवसरमा बुधबार भेटी बापत संकलित मध्यको केही रकम स्थानीय महेन्द्र माध्यमिक विद्यालयमा स्व. भरतराज÷दुर्गादेवी स्मृति अक्षयकोष स्थापनार्थ ५ हजार ५ सय ५५ र ओमकारेश्वर महादेव मन्दिरलाई संचालानार्थ ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरिएको हो ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले अक्षयकोषको रकम विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल र प्रधानाध्यापक बासुदेव पौडेल तथा मन्दिर संचालानार्थ मन्दिरका पुजारी रामचन्द्र पौडेल र मन्दिरका सदस्य लिला पौडेललाई रकम हस्तान्तरण गरे ।





