बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रधानन्यायधिशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

प्रधानन्यायधिशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नामसमेत अनुमोदन


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०८१, बुधबार

काठमाडौं / संघीय संसदको संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सर्वसम्मतका साथ प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो। समितिले बुधबार नै राउतको सुनुवाई गरेको थियो।

भदौ ३१ मा बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। त्यस्तै बैठकले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नामसमेत अनुमोदन गरेको छ। समितिले बुधबार नै यादवको सुनुवाई गरेपछि सर्वसम्मतले अनुमोदन गरिएको समिति सदस्य आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए।
त्यसअघि सुनुवाईका क्रममा यादवले नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउने, अष्ट्रेलियासँग शैक्षिक तथा सांस्कृतिक सम्बन्ध पनि सुधार गर्नेलगायतका कार्ययोजना प्रस्तुत गरेकी थिइन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->