बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ढाकाकुमार मुछिएको लागु औषध ‘टपेन्टाडोल’ दुर्व्यसनीको हातमा

ढाकाकुमार मुछिएको लागु औषध ‘टपेन्टाडोल’ दुर्व्यसनीको हातमा

प्रहरी भन्छ: 'लागु औषध खानकै लागि यहाँ विदेशबाट पनि मान्छे आउँछन्'


  • वाशुदेव मिश्र
  • असोज १६ २०८१, बुधबार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेका र कारबाही गरिएका डा. ढाकाकुमार श्रेष्ठ यही भदौ २७ गते पक्राउ परे। कास्की प्रहरीले उनीमाथि लागु औषध बिक्रीको अभियोग लगाएको थियो।

पोखराको पृथ्वीचोकमा दिया फार्मेसी सञ्चालन गर्दै आएका उनीसँगै टपेन्टाडोल हाइड्रोक्लोराइड नामक लागु औषध बरामद भएको प्रहरीको भनाइ थियो। सो अभियोगमा पक्राउ परेका उनी अहिले धरौटीमा रिहा भएका छन्।
यही औषधी बिक्री गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्की र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखरा ७ मा रहेको शुभेक्षा फार्मेसीका सञ्चालकलाई पक्राउ गरेको छ।

उनको फार्मेसी र घरबाट ४५ हजार १ सय ८५ चक्की बरामद गरिएको पनि प्रहरीको भनाइ छ। यो औषधीलाई सरकारले मनोद्दीपक औषधीको सूचीमा राखेको छ।

२०८१ साल वैशाख २७ गतेको बैठकले दुखाइ कम गराउन प्रयोग गरिने ट्रामाडोल र टापेन्टाडोललाई पनि लागु औषधको रुपमा राखेको हो। यी दुई औषधीहरूका एकल वा समिश्रण औषधीहरूलाई लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ३ को खण्ड क को उपखण्ड ७ बमोजिम मनोद्दीपक औषधीको सूचीमा समावेश गरिएको हो।

सो ऐनले नियमविपरीत यस्ता औषधी बिक्री गरेको खण्डमा अब दुईदेखि १० वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ। यी औषधीहरूको समुचित प्रयोग हुनुपर्ने तथा डाक्टरको प्रेस्किप्सनबिना बिक्री बितरण गर्न पाइँदैन। अत्यधिक दुखाइ कम गर्न प्रयोग गरिने ‘पेनकिलर’ सिरिन्ज र ट्याबलेट दुवैमा हुन्छ ।

औषधी पसलबाट सबैभन्दा धेरै यही औषधी दुरुपयोग भइरहेको, कुनै समय खोकीको फेन्सीडीलगायतका औषधी खाने दुव्र्यसनीहरू अहिले यो औषधीतिर लागेको र यसको अवैध कारोबार बढेको प्रहरीको दाबी छ।

पोखरा लागु औषधको ट्रान्जिट प्वाइन्टमात्र नभएर सबैभन्दा बढी खपत हुने ठाउँ पनि भएको कास्कीबाट भर्खरै सरुवा भएर गएका एसपी मोहनकुमार थापाको भनाइ छ। उनले एक सार्वजनिक कार्यक्रममा पोखराको सुरक्षा चुनौतीबारे टिप्पणी गर्दै भनेका थिए, ‘यहाँ लागु औषध प्रयोगका लागि देश-विदेशबाट मान्छे आउँछन्, कतिसम्म भने आत्महत्या गर्नसमेत पोखरा आउनेहरू छन्।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->