बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

राधाकृष्ण गुरुकुलमा अक्षयकोष स्थापना

राधाकृष्ण गुरुकुलमा अक्षयकोष स्थापना


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०८१, बुधबार

पोखरा/पोखरा ३२, लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा एक लाख एक हजार एक सय ११ रुपैयाँ नगद एवम् खाद्यान्न सहयोग प्राप्त भएको छ ।
विद्यालयको दीर्घकालीन सञ्चालनमा सहयोग पुु¥याउने उद्देश्यका साथ पोखरा – १६ निवाशी धनबहादुर थापाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीलाई खाद्यान्न तथा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरण गर्दै समाजसेवी थापाले गुरुकुल संस्कृत विद्यालयको दीर्घकालीन सञ्चालनमा केही न केही सहयोग पुुगोस् भन्ने उद्देश्यका साथ सहयोग गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले सीमित साधनस्रोतका बीच विद्यालय सञ्चालन भइरहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमका सहअध्यक्ष गणेशबहादुुर खत्रीले गुुरुकुल यहाँको गौरव भएको बताउँदै यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका लागि सबैको सामुहिक प्रयास आवश्यक हुने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेग्मीको सभापतित्व सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->