बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सरस्वतीका विद्यार्थीलाई पोशाक

सरस्वतीका विद्यार्थीलाई पोशाक


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०८१, बुधबार

पोखरा/पण्डित देवीरमण–कृष्णकुमारी स्मृति प्रतिष्ठानले पोखरा –१२ भद्रकाली मार्गमा रहेको श्री सरस्वती आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई पोशाक प्रदान गरेको छ ।
आफ्ना मातापिताको स्मृतिमा कृषि बैज्ञानिक डा. अनिल सुवेदीले सामाजिक सेवाका निम्ति प्रतिष्ठान स्थापना गरेका हुन् । स्वर्गीय पण्डित देवीरमण पोखराका प्रतिष्ठित शिक्षासेवी थिए भने कृष्णकुमारी तत्कालीन अवस्थामा नेपाल महिला संघकी अध्यक्ष थिइन् ।
शितालादेवी सामुदायिक मावि व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी टीकाबहादुर कार्कीको प्रमुख आतिथ्यता एवम् श्री सरस्वती आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर कार्कीको सभापतित्वमा सो सहयोग गरिएको डा. सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->