मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘न्यायाधिस नियुक्तीमा लेनदेनको विकृति छ’

‘न्यायाधिस नियुक्तीमा लेनदेनको विकृति छ’


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८१, शुक्रबार

बागलुङ/बागलुङ उच्च अदालत बार एसोसिएसनको ४६ औं वार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ । साधारणसभाका अधिकांस वक्ताले न्यायाधिस नियुक्तीमा कुनै न कुनै अनियमितता भैरहेको टिप्पणी गरेका छन् ।
उनीहरुले पैसाको कारोवार के कति भयो वा भएन भन्ने कुरा खुलाएनन्, तर न्यायाधिस नियुक्तीमा लेनदेन भएको र नाताबाद, कृपाबाद हाबी भएको टिप्पणी गरेका छन् । उनीहरुले त्यसको लागि कानून व्यवसायी पनि प्रयोग हुने गरेकोले सचेत बन्नुपर्ने समेत धारणा राखेका छन् ।
साधारणसभाको उद्घाटन गर्न आएका नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र केसीले पनि न्यायाधिस नियुक्तीमा अनियमितता भएको बताएका छन् । अध्यक्ष गोपालकृष्ण घिमिरेको अभिव्यक्ति नै न्यायालयको यथार्थता भएको टिप्पणी गरे । केसीले न्यायाधिस नियुक्तीमा लेनदेन भएको कुरा कतै नलुकेको दाबी गरे ।
केही दिनअघि घिमिरेले बोलेको विषयमा सर्वोच्च अदालतमा अपहेलना मुद्दा परेको थियो । मुद्दाको सुनुवाइ नहुँदै दशै बिदाले अदालत बन्द भएपछि एकाएक मुद्दा फिर्ताको विषय आएको हो । ‘पैसा खाए खाएनन, के कति खाए त्यो भन्न सकिंदैन, तर लेनदन नभएको भए ६ जना खाली भएको न्यायाधिसमा २ जना मात्र कसरी नियुक्ति भयो’ उनले भने, ‘न्यायालयमा सुशासन चाहिएको छ भन्नेमा २१ हजार कानून व्यवसायी सहमत छन् ।’ प्रधानन्यायाधिस बिश्वम्बर श्रेष्ठले पावरमा दुइ जना मात्रै न्यायाधिस नियुक्ती गरेको उनको टिप्पणी थियो ।
न्यायालयमा समस्या छ भन्दा कानून व्यवसायीमा समस्या नभएको होइन भन्दै कानून व्यवसायीले पनि सच्चिनुपर्ने धेरै विषय रहेको बताए । उनले ती विषयलाई आचारसंहिताले बाध्ने कुरा भएको बताए । प्रधानन्यायाधिसको कार्यअवधि बाँकी भएपनि दशै बिदाले बिदाइ भएपछि उनकै पावरमा लगाइएको उजुरी फिर्ताको अवस्था आएको केसीको टिप्पणी छ । ‘पावरमा हुँदा उचालिएको विषय पावर हटेपछि आँफै सेलाउने अवस्था आयो’ केसीले भने, ‘नियुक्तमा भाग पाउनेहरु बाहेक सबैले यो घटनाको बिरोध गरेकै थिए ।’ उनले न्यायपालिका स्वच्छ बनाउनुपर्छ भन्ने मान्यतामा बार एकमत भउको पनि बताए ।
केसीले न्याय प्रशासन नियमावली संशोधनबारे पहिले देखिनै बोलेको पनि जानकारी दिए । त्यस बाहेक लोभलालचमा न्यायाधिस नियुक्ती गर्न खोज्नेलाई सहज बनाउने काम रोक्नुपर्ने बारको पटक पटकको भनाइ न्यायपालिका र न्याय परिषदले वास्ता नगरेको उनको भनाइ थियो ।
साधारणसभामा बरिष्ठ अधिवक्ताहरु गणेश कुँवर, कृष्णप्रसाद निउरे, काजी गाउँले श्रेष्ठ, हरिप्रसाद शर्मा, भूमिश्वर गौतम र केशव पराजुलीले न्यायालयमा लेनदेन र अनियमितता भएको बताए । निउरेले भने न्यायाधिस भ्रष्ट हुनुमा वकिलको हात रहेको बताए । उनले वकिल स्वच्छ बन्दा न्यायाधिस भ्रष्ट बन्ने क्रम घट्ने बताए ।
कार्यक्रममा पूर्व अध्यक्ष राम शर्मा, राजु प्रसाद गौतम, पर्वत बारका उपाध्यक्ष हरिनारायण रेग्मी लगायतले शुभकामना मन्तव्य राखे ।
उच्च अदालत बार एसोसिएसनका अध्यक्ष रमेशबहादुर खड्काको अध्यक्षता, सचिव उमाशंकर सापकोटाको संचालन र उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी बास्कोटाको आर्थिक प्रतिवेदन र सचिवको प्रगती प्रतिवेदन पास गरिएको थियो । उक्त अवसरमा वरिष्ठ न्यायाधिसहरुलाई सम्मान पनि गरिएको थियो । साधारणसभाले कानून व्यवसायलाई स्वच्छ बनाउन वकिलहरु सभ्य र दक्ष बन्नुपर्नेमा सबै सहमत भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->