बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चाडपर्वले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न योगदान गर्छन–गण्डकी प्रदेश प्रमुख भट्ट

चाडपर्वले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न योगदान गर्छन–गण्डकी प्रदेश प्रमुख भट्ट


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८१, शुक्रबार

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने विभिन्न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक, धार्मिक, जातिय तथा भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्न साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको बताएका छन ।

महान चाड बडादशैं÷विजयादशमी, २०८१ को अवसरमा शुक्रबार शुभकामना सन्देश दिदै भट्टले यस्तो बताएका हुन । स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त उनले गरेका छन् । शुभकामना सन्देशमा भनिएको छ, ‘महान चाड बडादशैंले हामी सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पु¥याउने विश्वास लिएको छु । साथै, यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्दछ भन्ने मलाई लाग्दछ ।’
उनले बडादशैं, २०८१ ले हामी सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै “समृद्ध नेपाल, सुखी नेपाली” को साझा राष्ट्रिय संकल्प हाँसिल गर्न सहयोग पुग्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्तसमेत गरेका छन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->