बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

म्याग्दीका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना


  • ढोरपाटन संवाददाता
  • असोज २० २०८१, आइतबार

म्याग्दी/दसैं, तिहार र छठको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर म्याग्दी जिल्लाका विभिन्न ३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका लागि लामो तथा छोटो यात्रामा हिँडेका यात्रुको सुरक्षित यात्रा र ट्राफिक सचेतनाका लागि कक्ष स्थापना गरिएको हो ।
म्याग्दी, मुस्ताङका लागि भित्रिने र बाहिरिने यात्रु, चालक तथा अन्य समस्यालाई समाधान गर्ने बेनीबजार, उत्तरी म्याग्दीको भुरुङ तातोपानी र पश्चिम म्याग्दीको दरबाङमा रहेको सहायता कक्षामा उजुरी वा गुनासो गर्ने व्यवस्था गरिएको छ ।
यात्रु सहायता कक्षबाट २४ घण्टे यात्रु सहायता कक्षमार्फत सेवा प्रवाह भइहरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले बताए । ‘चाडपर्वको अवसरमा क्षमताभन्दा बढी यात्रु बोक्ने र बढी भाडा असुल्ने गुनासो धेरै आउने गरेको छ, हामीले ठाउँठाउँमा छड्के अनुगमनलाई समेत तिब्रता दिइरहेका छौ,’ प्रमुख केसीले भने ।
यात्रु सहायता कक्षामार्फत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने, यात्रुबाट चालक वा यात्रु चालकबाट असुरक्षित भएको सहित रुट पहिचानमा अलमल पर्ने निजी तथा भाडाका सवारीसाधनलाई समेत सहज हुने गरी सेवा प्रवाह भइरहेको छ । दशैं घटस्थापनासँगै जिल्लामा दसैंका लागि आउने यात्रुहरु बढेका छन् । दशैंलगत्तै मुस्ताङ जाने यात्रुको भिडभाड हुने भएकाले पनि उक्त समयमा कक्षमा जनशक्ती समेत थपेर सेवा दिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->