बागलुङ/सामाजिक कुरीति र अपराध न्युनिकरणमा स्थानीय जनाताको सहभागिता आबस्यक भएको सरोकारवालाले बताएका छन् ।
बागलुङ नगरपालिका वडा नंं ५ को मालिकामा आयोजित कुरीति बिरुद्ध एक दिने सचेतनामूलक कार्यक्रममा सहभागिले सामाजिक सद्भावकालागि पनि युवाहरु एक हुनुपर्ने बताए ।
जिल्ला प्रशासन कार्यालय, बागलुङ र सामाजिक बिकास कार्यालय बागलुङको संयुक्त आयोजनामा शुक्रवार कार्यक्रम सम्पन्न भएको हो । उक्त अबसरमा गण्डकी प्रदेश सामाजिक बिकास, युवा तथा खेलकुँद मन्त्रालयका निमित्त सचिव तोयनाथ लम्सालले विकृति अन्त्य गर्न तीनै तहको सरकार र स्थानीय जनताको सहकार्य आवस्यक भएको बताए । उनले स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागितामा मात्र यस्ता अभियान सफल हुने भन्दै आम नागरिक पनि सचेत बन्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चि त्राङगत बरालले सामाजिक कुरीति अन्त्य गर्न सचेतना कार्यक्रम आवस्यक भएको भन्दै जानी जानी अटेर गर्नेलाई भने प्रशासनले कारवाही गर्ने समेत बताए । उनले जिल्ला र नगर क्षेत्र भित्र भएका बिकृतिको सूची प्रस्तुतीकरण समेत गरेका थिए ।
सहायक प्रजिअ बरालको अध्यक्षता, बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख रचना आचार्यको संचालनमा भएको कार्यक्रममा सामाजिक बिकास कार्यालयका प्रमुख हिमाल घर्तीले कार्यक्रम बारे प्रस्तुतीकरण गरेका थिए । उक्त अबसरमा पूर्व वडा अध्यक्ष शिवप्रसाद सापकोटा, पञ्चकोट प्रहरी चौकीका प्रमुख लोकराज न्यौपाने, मालिका स्वास्थय चौकीसहित सामाजिक संघसंस्थाका प्रतिनिधि समेतको सहभागिता थियो ।
सामाजिक बिकास कार्यालयले पछिल्लो समय पूर्वाधार बिकास सहित सामाजिक क्षेत्रमा सुसम्बन्ध कायम गर्ने तथा विभिन्न सचेतना मूलक कार्यक्रममा लगानी गर्दै आएको छ । यस अघि अन्य वडा तहमा पनि यस्ता कार्यक्रम गर्दै आएको घर्तीले बताए । एक दिने कार्यक्रमले समाजमा विकृति, विसंगती र लागूपदार्थ दुव्र्यसन बिरुद्ध आम नागरिकलाई सचेत बन्न प्रेरणा मिलेको वडा अध्यक्ष हरिप्रसाद शर्माले जानकारी दिए ।





