बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मनकामना महिला विकास सहकारीको साधारणसभा सम्पन्न

मनकामना महिला विकास सहकारीको साधारणसभा सम्पन्न


  • ढोरपाटन संवाददाता
  • असोज २० २०८१, आइतबार

पोखरा/पोखरा १ अधिकारी टोल स्थित श्री मनकामना महिला विकास सहकारी संस्था लि. को २७ औँ साधाणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रमा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा पोखरा महानगरपालिका वडा नं. १ का वडाध्यक्ष साहारा प्रधानले सहकारीले महिला सशक्तिकरणको क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएको बताइन् ।
कार्यक्रममा यस वर्षको माध्यमिक तहमा ३ जिपिएभन्दा बढी ल्याई उत्तीर्ण हुने संस्था सदस्यका ९ जना छोराछोरीलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा अनुशासित बचतकर्तातर्फ इन्दिरा पराजुली, असल कारोबारकर्ता रुद्र केसी तथा संस्थाका जेष्ठ सदस्य राधिका अधिकारीलाई समेत सम्मान गरिएको थियो ।
दसै तिहारको शुभकामना आदानप्रदानसहित सम्पन्न भएको कार्यक्रमको संचालन संस्थाका सचिव विनिता कोइरालाले गरेकी थिइन् भने उपाध्यक्ष सुनिता देवकोटाले स्वागत मन्तव्य व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->