बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सुनगाभा सहकारीको अध्यक्षमा थापा निर्वाचित

सुनगाभा सहकारीको अध्यक्षमा थापा निर्वाचित


  • ढोरपाटन संवाददाता
  • असोज २० २०८१, आइतबार

पोखरा/पोखरा महानगरपालिका वडा नं. १८ स्थित सुनगाभा बचत तथा ऋण सहकारी संस्थाको छैटौँ अधिवेशनबाट अध्यक्षमा रामबहादुर थापा निर्विरोध निर्वाचित भएका छन ।
पोखरामा शनिबार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति र तीन सदस्सीय लेखा समिति निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा पार्वती कोइराला, सचिव कृष्णबहादुर थापा, कोषाध्यक्ष राजु थापा, सदस्यहरुमा रमेश थापा (सुमन), सुरेन्द्र थापा, मीना थपलिया, जीवनकुमारी अधिकारी पराजुली र कृष्णबहादुर थापा सर्वसम्मत निर्वाचित भएका हुन् ।
लेखा समितिको संयोजकमा निर्मल पहारी र सदस्यहरु धुव्रबहादुर थापा र सृजना अधिकारी थापा रहेका छन् । साधारणसभाले संस्थाका सचिव कृष्ण थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजु थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->