बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा श्रेष्ठ, सरकारका प्रवक्ता नै बेखबर

गण्डकी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा श्रेष्ठ, सरकारका प्रवक्ता नै बेखबर


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०८१, सोमबार

पोखरा/ गण्डकी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मा कृषी भूमीव्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी (श्रेष्ठ) लाई दिइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे निजी कामका लागि भारत गएपछि आइतबारदेखि लागु हुने गरी श्रेष्ठलाई कार्यबाहकको जिम्मेवारी दिइएको हो । श्रेष्ठ नेकपा एमालेको तर्फबाट नेतृत्व गर्दै मन्त्रीमण्डलमा सहभागी छन्।

यही असोज २८ गते सम्मका लागि श्रेष्ठलाई मुख्मन्त्रीले गर्दै आएको कामकाज सम्हाल्ने गरी जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री पाण्डे श्रीमतीको उपचारका लागि आइतबारै भारतको नयाँदिल्ली पुगेका छन् ।

यसैबीच कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएकोबारे सरकारका प्रवक्ता आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले भने थाहा नभएको बताए । मुख्यमन्त्री ज्यू श्रीमतीको उपचारका लागि भारत जानु भएको तर कार्यबाहक नदिनु भएको उनको भनाई थियो । ‘मंगलबार र बुधवारमात्रै कार्यालय खुल्ने र त्यसपछि बिदा हुने भएकाले मुख्यमन्त्रीले कार्यबाहक दिनु भएको छैन’ गृहजिल्ला लमजुङ रहेका मन्त्री गुरुङले टेलिफोनमा भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->