बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरी हिमाल आरोहणमा हराएका ५ रूसी नागरिक मृत फेला परे

धौलागिरी हिमाल आरोहणमा हराएका ५ रूसी नागरिक मृत फेला परे


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०८१, मंगलबार

पोखरा / धौलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका ५ जना रूसी पर्वतारोही मंगलबार मृत अवस्थामा फेला परेका छन् । उनीहरु गत आइतबार राति ११ बजेदेखि हराएका थिए । उनीहरु धौलागिरी हिमालको ७ हजार ७ सय मिटरको उचाइबाट हराएका थिए । ७ हजार मिटरको उचाइमा उनीहरुको शव भेट्टिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेठले जानकारी दिए ।

उद्धारका लागि जमिनबाट जान सम्भव नभएको र हेलिकोप्टरबाट उद्धारको प्रयास भएको उनले बताए । हराइरहेका रूसी पर्वतारोहीको हेली एभरेस्टको हेलिकोप्टरमार्फत् खोजि गरिएको थियो । उद्दारमा पनि एभरेष्टकै हेलिकोप्टर प्रयोग भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक बहादुर केसीले जानकारी दिए ।

म्याग्दी प्रहरी प्रमुख श्रेष्ठका अनुसार आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसिन मार्फत हिमाल आरोहण गएको उनीहरु हाइक्याम्पमा बास बसेर त्यहाँबाट माथि जानेक्रममा १४ जनाको टोली मध्य अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ २० असोजको राति ११ बजेदेखि सम्पर्कविहीन थिए । आरोही समूहका एकजना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौं लगिएको छ । चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उनी तल ओर्लेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->