बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मिनरल वाटरको बढी मूल्य लिने रेष्टुरेन्टलाई २ लाख जरीवाना

मिनरल वाटरको बढी मूल्य लिने रेष्टुरेन्टलाई २ लाख जरीवाना


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०८१, मंगलबार

पोखरा/ कम्पनीले तोकेको भन्दा बढी मूल्य लिएको उजुरीपछि कास्की जिल्ला प्रशासन कार्यालयले पोखराको लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बार (पान नं. ३०४०२६२३०) लाई मंगलबार २ लाख रुपैयाँ जरीवाना गरेको छ ।

कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्य लिई बिक्री गरी उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (८) बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजीम उक्त जरीवाना गरिएको प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार उक्त रेष्टुरेन्टले एक बोतल प्रशोधित (मिनरल) पानीलाई एक सय रुपैयाँमा बिक्री गरेको प्रशासनलाई बिलसहित उजुरी परेको थियो । उजुरीपछि छानविन गर्दा बढी मूल्य लिएको पाइएपछि कारवाही स्वरुप जरीवाना र कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्यमा सामाग्री बिक्री नगर्न निर्देशनसमेत दिइएको उनले जनाए ।

कास्की प्रशासनले यसअघि पनि पोखराको चिप्लेढुंगाको मारवाडी सेवा भोजनालयलाई मूल्य अनुसार खाजाको प्याकेटमा कम परिमाण रहेको पाइएपछि २ लाख जरीवानासहित कारवाही गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->