बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नारायणहिटी दरबार छोडेपछिको दुरावस्थाले बेचैनी बढाएको छः पूर्वराजा ज्ञानेन्द्र शाह

नारायणहिटी दरबार छोडेपछिको दुरावस्थाले बेचैनी बढाएको छः पूर्वराजा ज्ञानेन्द्र शाह


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०८१, बुधबार

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेपछिको दुरावस्थाले बेचैनी बढाएको बताएका छन् । दशैंको शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नारायणहिटी छाडेको दुई दशक पूरा हुनै लाग्दा पनि देशमा नै हर्षका साथ रहने जनताको चाहना पूरा हुन नसकेको बताए ।

उनले सन्देशमा भनेका छन्, ‘नेपाल अहिले अत्यन्तै असहज अवस्थामा छ । निरन्तरताको परनिर्भरता र ऋणको भारले थिचिएको छ । गाउँहरू युवा शक्ति विहीन बन्दै गइरहेका छन् । युवा शक्तिले कमाउने र रमाउने वातावरण बन्न सकेको छैन । युवालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न‍े विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दैछ ।’
पूर्वराजा शाहले रोजगारीका लागि विदेशीनुपर्ने बाध्यताका कारण खेतबारी बाँझो छाड्नुपर्ने अवस्था मात्रै नभएर बाबु आमाको मन पनि काँडाले बिझाएको बताएका छन् । उनले नेपाल सार्वभौमिक देश भएकाले बाह्य शक्ति राष्ट्रहरूको दबाब र दुष्प्रभाव नबढोस् भन्नेमा गहिरो ध्यानृष्टि रहेको पनि उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->