बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यस्तो छ दशैंको दिनको मौसम पूर्वानुमान

यस्तो छ दशैंको दिनको मौसम पूर्वानुमान


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०८१, बुधबार

काठमाडौं /बडादशैंको सप्तमीदेखि दशमीको दिनसम्म कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज(बुधवार) दशैं विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले बागमती र गण्डकी प्रदेशकापहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका केही थोरै स्थानमा मनसुनी वायु बाँकी छ । बागमती, गण्डकीसहित पश्चिम नेपालका भूभागबाट भने मनसुन बाहिरिसकेको छ ।

साथै सप्तमीदेखि दशैंको टीकाको दिनसम्म अहिलेको तुलनामा जाडो भने बढ्ने छ । अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

दशैं विशेष मौसम बुलेटिनहेर्नुहोस्-

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->