पोखरा/ बिजया दशमी, शुभ दिपावली, छठ, नेपाल सम्बत लगाएत नेपालीहरुका मुख्य चाडपर्वको अबसरमा कस्केली अधिकृत समाज पोखराको आयोजनामा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्य, नेपाल भुतपुर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष, नेपाल भलिवल संघका सल्लाहकार हरिप्रसाद पराजुली, ८० वर्षीय आजीवन सदस्य हितवहादुर थापा, कृषि बिकास बैकका मुख्य शाखा प्रवन्धक अर्जुन ढुंगाना, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट लगायतले शुभकामना दिएका थिए ।
त्यसैगरी सल्लाहकारहरु दुर्गा शाह बाबा, देवेन्द्र केसी, प्रेमप्रकाश गौतम, विश्वनाथ पराजुली, डा.दीर्घनाथ ढुगाना, विष्णुप्रसाद वराल, ऋषिराम लामिछाने, शिवहरि शर्माले शुभकामना मन्तव्य राखेका थिए । समाजका अध्यक्ष चन्द्रबहादुर सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लोकनाथ दवाडी र संचालन सचीव महेश पौडेलले गरेका थिए ।





