बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भाटभटेनीका मालिकको जग्गामा प्रधानमन्त्रीले गरे एमाले भवनको शिलान्यास

भाटभटेनीका मालिकको जग्गामा प्रधानमन्त्रीले गरे एमाले भवनको शिलान्यास


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८१, शुक्रबार

काठमाडौं / प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालय भवन बनाउन आज शिलान्यास गरेका छन् । भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र श्रीमती सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताए । उनले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको जनाए । एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बाढीले क्षति पुर्‍याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो । उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने व्यवसायी गुरुङले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->