प्रधानमन्त्री ओलीले लगाए बुवाको हातबाट दसैँको टीका
प्रधानमन्त्री ओलीले लगाए बुवाको हातबाट दसैँको टीका
ढोरपाटन संवाददाता
असोज २६ २०८१, शनिबार
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैँको टीका लगाएका छन्। प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हाटबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दसैँको टीका ग्रहण गरेका हुन्।
शनिबार बिहान ११ बजेर ३६ मिनेट जाँदाको शुभ साइतमा ओलीले दसैँको टीका र जमरा ग्रहण गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्य, परिवारजन, उपस्थित उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाइदिएका छन ।
प्रधानमन्त्री ओलीले यस पटकको दसैँमा सर्वसाधारणलाई भने टीका नलगाइदिने भएका छन्। प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकोले पहिलेका वर्षहरूमा जस्तो यसपाली विजयादशमीको टीका उल्लासमय नहुने भन्दै प्रधानमन्त्रीले ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने जानकारी दिएका छन्।