बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

झोलुंगे पुलबाट हाम फाल्दा एक युवकको मृत्यु

झोलुंगे पुलबाट हाम फाल्दा एक युवकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०८१, आइतबार

रुकुमपूर्व / झोलुंगे पुलबाट हाम फाल्दा एक युवकको मृत्यु भएको छ। नेपालीहरूको महान चाड बडादसैंका दिन अपरान्ह करिब ४ बजेतिर एक युवकले रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठ र सल्ले जोड्ने पुलबाट हाम फालेको प्रहरीले जनाएको छ।

पुलबाट हाम फाल्ने युवा मुसिकोट-१ सल्लेका ३७ वर्षीय बुदिराम बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। युवकले हातमा कोमल नामको ट्याटु हानेको प्रहरीको भनाइ छ।

शव नजिकै रातो ज्याकेटमा बुदिराम बोहरा नाम भएको नागरिकतासमेत फेला परेको प्रहरी निरीक्षक पाठकको भनाइ छ। हाम फाल्ने युवाको घटनास्थलमै मृत्यु भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->